निजामती सेवामा थारु समुदायलाई छुट्टै व्यवस्था गरिने छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिट्टै प्रस्तुत गरिने बताएका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमा भाग लिदैँ नेपाली कांग्रेसका सांसद कल्पना चौधरीले थारु समुदायलाई निजामती सेवामा छुट्टै व्यवस्था नगरेर राज्यले उपेक्षा गरेको भन्दै प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिँदै उनले उक्त प्रतिवद्धता जनाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले जवाफ दिदै, ‘थारु समुदायलाई छुट्‍टै आरक्षणको व्यवस्थासहितको राष्‍ट्रिय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरिसकिएको छ। जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले थारु लगायत उत्पीडन र विभेदमा परेका समुदायका संविधानप्रदत्त अधिकार संरक्षणका लागि आवश्यक कानुन निर्माण गर्ने विषयमा सरकार गम्भीर र प्रतिवद्ध रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..