ललिता निवास फैसला: गृहमन्त्रीले दिए अदालत र न्यायाधीशहरूलाई धन्यवाद

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै धन्यवाद दिएका छन्।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन। गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आधार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

उनले भनेका छन्, ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ।

जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद।’

विशेष अदालतले बिहीबार विशिष्ट व्यक्तिहरू जोडिएको र ७० को दशकमै चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणको फैसला सुनाएको छ। फैसलामा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्व कर्मचारी, बिचौलिया र जग्गा खरिदकर्तालाई दोषी ठहर गरिएको छ।

अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले १७५ जना जोडिएको भ्रष्टाचार मुद्दामा जग्गा जफत गर्ने निर्णयसहित बढीमा प्रतिव्यक्ति दुई वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना ठहर गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..