दुर्गा प्रसाईंको आरोप : राप्रपाको आन्दोलन प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्ने खेलमात्र हो

काठमाडौं । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले राप्रपाप्रति कडा टिप्पणी गरेका छन् । उनले राप्रपाको आन्दोलन राजसंस्था वा हिन्दूराष्ट्र ल्याउनको लागि नभएर प्रचण्ड सरकारलाई ढालेर केपी ओलीलाई स्थापित गर्ने खेल भएको आरोप लगाएका छन् ।

पछिल्लो समय राप्रपाप्रति आक्रामक सुनिन थालेका प्रसाईंले फेशबुकमार्फत यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्-

राप्रपाले गर्न लागेको आन्दोलन न त राजसंस्था ल्याउनका लागि हो, न त हिन्दुअधिराज्य स्थापनाका लागि हो, न त सर्बहारा बर्ग र भुइँ–मान्छेका लागि नै हो,न त ब्यापारिक बर्गको गाँस बास कपासको एजेन्डा स्थापना गर्न वा उनिहरुको उद्धार गर्नका लागि हो। राप्रपाको आन्दोलन त केवल प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्न र आफू पनि सत्तामा गएर रजगज गर्ने खेल मात्र हो । नेपाली जनतालाई चेतना होस !!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..