प्रेसर कुकर राखेर त्रसित बनाएकाे आराेपमा दुई जना पक्राउ

माेरङ । शंकास्पद रूपमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गर्दै इलामको माङसेबुङ गाउँपालिकाका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको यांङवरक गाउँपालिकाका ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलका अनुसार सोमबार बेलुका विराटनगर ३ को खाली चौरमा प्रेसर कुकरलाई कालो टेपले बेरेर राखेको अवस्थामा फेला परेको र सोही सन्दर्भमा संलग्न दुई जनालाई पक्राउ गरिएको हो।

उनीहरूले कुकर बमजस्तो देखिनेगरी लुकाई राखेको मोरङ प्रहरी प्रमुख पोखरेलले बताए।

स्थानीयबाट शंकास्पद वस्तुबारे जानकारी भएसँगै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे थियाे।

पक्राउ परेका मिश्रको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट लामो डेडकर्ड र सोडा आधा किलोग्राम बरामद गरेको प्रहरीले जनाएको छ।

नेकपा माओवादीको ५ वटा पत्र, ४ थान खाली खामसँगै प्रहरीले मिश्रबाट २ ठेली सहयोग रसिद पनि बरामद गरेको छ। ३ वटा मोबाइलसँगै मिश्रको साथबाट मुक्तिनाथ प्रकाशन गृहको परिचय पत्रपनि फेला पारेको छ ।

त्यसैगरी, अधिकारीको साथबाट प्रहरीले आर्थिक सहयोग सम्बन्धि लेखिएको महावीर महासचिव भनिएको नेकपा माओवादीको ४ वटा पत्र, मुक्तिनाथ प्रकाशन गृहको परिचय पत्र, एसबिआइ बैंकको चेक, डिजिटल स्टाम्प १ थान बरामद गरेको छ।

प्रहरीले दुवै जनालाई सोमबार दिउँसो करिब २ बजे पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..