यातायात व्यवस्था विभागका महानिर्देशकलाई कार्यालयपरिसरमै मोसो

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दलिएको छ। सोमबार एक समूहले उनलाई कार्यालयपरिसरमै मोसो दलेकाे हाे।

सोमबार बिहान कार्यालय प्रवेश गर्ने क्रममा १० बजे गेटमै उनलाई मोसो दलिएको हो। सवारी लाइसेन्समा घोटाला गरेको आरोप लगाउँदै उनलाई मोसो दलिएको हो।

यद्यपि, सवारी लाइसेन्स घोटालाको छानबिन उनी स्वयंले गराएका थिए। विभागको छानबिनबाट १० वर्षमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको भेटिएको थियो।

अनियमिततामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीले छुट्टाछुट्टै रूपमा अनुसन्धान गरिरहेका छन्। महानिर्देशक रिजाललाई मोसो दलिएकोबारे अहिले प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..