लहानका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

सिरहा । सिरहाको लहान नगरपालिकाले वडा नम्बर १५ बाट भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई उपभोग गरिरहेको जग्गाको लालपूर्जा वितरण गर्न निस्सा वितरण सुरु गरेको छ।

आइतबार ७ सय ७६ जनालाई लालपूर्जाका लागि नाप नक्साको निस्सा वितरण गरिएको मेयर महेश चौधरीले जानकारी दिए। जसमा १९६ जना भूमिहीन दलित, ८७ जना भूमिहीन सुकुम्वासी र ३९३ जना अव्यवस्थित बसोवासी रहेका छन्। ‘अन्य वडामा पनि लगत संकलन कार्य भएको छ,’ मेयर चौधरीले भने,‘त्यहाँ पनि लालपूर्जाका लागि निस्सा वितरण हुनेछ।’

विपन्न दलितलाई जग्गाको लालपूर्जा भएपछि बसोबासका लागि घर निर्माण पनि अगाडि बढाएको उनले सुनाए। लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ६० जना दलित, विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेका छन्।

जिल्लाभरिबाट ८ हजार सुकुम्वासी र ३८ सय अव्यवस्थित बसोवासीको निवेदन परेको जिल्ला भूमि आयोगको अध्यक्ष रामअधिन यादवले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..