माओवादीलाई ‘जनयुद्ध दिवस’ मनाउन कसैले रोक्न सक्दैन, भोलि देशभरि मनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवस मनाउने अधिकारलाई कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार बोल्दै पार्टी अध्यक्ष प्रचण्डले सो टिप्पणी गरेका हुन् ।

उनले जनयुद्ध दिवस मनाउने आफूहरुको नैसर्गिक अधिकार भएको समेत उल्लेख गरे । भोलि देशभरि जनयुद्ध दिवस मनाउने उनको चेतावनी छ ।

‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं। तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन। देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..