सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

सिरहा । सिरहामा कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका– ७ स्थित औरही गाउँपालिका– ४ कमलपुर का २० वर्षीय सरोजकुमार यादवलाई एक थान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा– ७ मा डेरा गरी बस्ने औरही गाउँपालिका– ३ का २२ वर्षीय सन्जितकुमार यादवसँग विवाद भएको खबर पाएपछि प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल फेला परेकाले निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..