सेनामा भर्ती गराउने नाममा चार लाख ठगी

नेपालगन्ज । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको प्रहरी टोलीले फरार रहेका दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपियाँ ठगेर थापा फरार भएका हुन् । उहाँले थापालाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको बताउनुभयो ।

अहिले नेपाली सेनाका लागि छनाेट प्रक्रिया चलिरहेको हुँदा सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको पाइएको प्रहरीले जनाएको छ । थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाउँदै डिएसपी तिवारीले अन्य व्यक्तिलाई समेत नेपाली सेनामा भर्ती गराइदिन्छु भनी थापाले रकम लिई ठगी गरेको हुनसक्ने भएको हुँदा कोही पीडित व्यक्ति भएमा यथाशीघ्र प्रहरीमा सम्पर्क राख्न अनुरोध गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..