शक्तिकेन्द्रको स्वार्थले एसपीको सरुवा–बढुवा प्रभावित

काठमाडौं । राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीको नियमित सरुवा–बढुवा प्रभावित भएको छ । शक्तिकेन्द्रको स्वार्थले प्रहरीको नियमित प्रशासनिक काम प्रभावित हुँदा शान्ति सुरक्षामै त्यसको असर पर्ने देखिएको छ ।

प्रहरीमा एसपीको बढुवा ६ महिनादेखि हुन सकेको छैन । हाल एसपीका आठ पद छन् । जसमा १२ डिएसपी प्रतिस्पर्धामा छन् । डिएसपीहरू प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे बढुवाको प्रतिस्पर्धामा छन् ।

उनीहरूमध्ये अन्तिम नम्बरमा रहेका घिमिरे विगतमा प्रधानमन्त्री प्रचण्डको पिएसओ बसेका अधिकृत हुन् । त्यस्तै तामाङ र लिम्बु केपी ओलीको पिएसओमा काम गरेका डिएसपी हुन् । उनीहरुलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाबले बढुवा रोकिएको हो । केही प्राविधिक पदलाई प्रशासनतर्फ ल्याएर बढुवा गर्ने प्रयास भएपनि कानून मन्त्रालयले रोकेपछि गृह मन्त्रालय समस्यामा परेको छ । जसले गर्दा बढुवाका आकांक्षी डिएसपीलाई अन्याय भएको छ ।

उता एसपी र डिएसपीको नियमित सरुवा पनि हुन सकेको छैन । तराईका १० जिल्लामा जान एसपीहरुबीच चर्काे प्रतिस्पर्धा छ । झापा, मोरङ, सिराहा, महोत्तरी, पर्सा, चितवन, रुपन्देही, बर्दिया, कैलाली र कञ्चनपुरका एसपी फेरिदै छन् । सबै एसपी यीनै जिल्लामा जान चाहेकाले सरुवामा कुरा मिल्न सकेको छैन ।

अन्य ११ वटा पहाडी जिल्लाका एसपी पनि फेरिदैछन् । शक्तिकेन्द्रहरुले आफु निकट अधिकृतलाई तराईका जिल्लामा पठाउन चाहेकाले समस्या भएको स्रोत बताउँछ । जसकारण एक वर्षमा हुुनपर्ने जिल्ला प्रहरी प्रमुखको सरुवा १३ महिनासम्म हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..