नेपाल प्रहरीका १६ एसएसपीको काज सरूवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरूवा गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको हो ।

प्रधान कार्यालयका अनुसार एसएसपी अरूण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानी पोखरीमा सरूवा गरिएको छ । उनी गण्डकी प्रदेश प्रहरी तालिम कन्द्र पोखरामा कार्यरत थिए ।

यस्तै एसएसपी ईश्वर कार्कीलाई मधेश प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा जनकपुरमा सरूवा गरिएको छ ।

ओमबहादुर रानालाई मानव बेचविखन अनुसन्धान ब्‍यूरो काठमाडदंमा, कृष्णबहादुर पल्ली मगरलाई सुदूर पश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपालयमा, कृष्णहरि शर्मा पोखरेललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय काठमाडौं र गणेश चन्दलाई नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्शालमा सरूवा गरिएको छ ।

हेर्नुहोस् को कहाँ सरूवा भए ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..