भाषण सुन्ने मान्छे नभएपछि देउवा भन्छन्: कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।

शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए। उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय उनले व्यक्त गरे। उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए। उहाँले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे।

उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु। के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ। कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। एक जना बसेको हुन्छ। अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन्। तपाईको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो। माइक मैले दिएको हो भन्ने बेला छ।

एउटा कुरा सबैलाई चित्त दुखेछ सरोज बाँगेलाई टिकट दिएन भनेर क्या। यहाँ राष्ट्रिय सभामा। अब टिकट पायो भने जिताउनु होला नि फेरि है। अब उहाँले टिकट पाउनुभयो र जिताउनु होला नि फेरि है। अब उहाँले टिकट पायो भने हराउनु भयो भने। हराउनु भयो भने नि? राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न। अब जिताउन लाग्नुस् न। जिताउन सकिँदैन भनेर राष्ट्रिय सभा भनेको जस्तो छ है विचार गर्नुस् । जिताएर छोड्नुस्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..