सुन तस्करी प्रकरण: भण्डारीले पनि दिए बयान

काठमाडौं । गत साउन २ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा छानबिन गर्न गठित समितिले विद् ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

बिहीबार भण्डारीले सिंहदरबारमा रहेको छानबिन समितिको कार्यकक्षमा पुगेर बयान दिएका हुन् । नेपाल सरकारका पूर्व कर्मचारीसमेत रहेका भण्डारी सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुसँग जोडिएको सीआईबीको आशंका छ ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनी छााबिनको दायरामा परेका हुन् । समितिले बोलाएपछि भण्डारी बिहीबार सिंहदरबार गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..