सुन तस्करी प्रकरण: छानबिन समितिलाई पूर्व सभामुख महराले दिए बयान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिसमक्ष बयान दिएर फर्किएका छन् ।

बिहीबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समिति समक्ष बयान दिएका हुन् । विद्युतीय चुरोट (भेप्स) मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वगृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् ।

सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो । विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

यसअघि छानबिन समितिले विभिन्न व्यक्रिहरुसँग बयान लिईसकेको छ । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणलाई लिएर संसद्मा नेकपा एमालेले सदन अवरुद्ध गरेपछि सरकारले छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..