माधव नेपालको गृहजिल्लामा केपी ओलीलाई १०१ किलोको माला

काठमाडौं । जिल्ला अधिवेशन उद्घाटनका लागि रौतहट पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटवासीले भव्य स्वागत गरेका छन् ।

बिहीबार रौतहट एमालेको जिल्ला अधिवेशना उद्घाटनका लागि पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका अ‍ोलीलाई कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।

रौतहट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला हो । नेकपा एस एमालेबाट टुक्रिएर बनेको नयाँ पार्टी हो । पार्टी विभाजनपछि ओली पहिलो पटक नेपालको गृहजिल्ला पुगेका हुन् । नेपालको गृहजिल्ला भएको कारण तुलनात्मक रुपमा मधेशका अन्य जिल्लामा भन्दा रौतहटमा एमालेको मतभार कमजोर रहकेो छ ।

गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ। एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ। जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..