नागरिकमैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न डीआईजी पोखरेलको निर्देशन

रौतहट । प्रहरी नायब महानिरीक्षक (डीआईजी ) यज्ञ बिनोद पोखरेलले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान नियन्त्रण , सिमानाका मा हुने चोरी तस्करी नियन्त्रणको साथै नागरिकमैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।

प्रहरी नायब महानिरीक्षक पोखरेलले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्ष, कार्यालय भवन, सामुदायिक प्रहरी सेवा केन्द्र, विभिन्न शाखाहरू, मेष तथा व्यारेक समेतको निरीक्षण गर्न तथा सम्बोधन गर्दै संगठनको आन्तरिक सुदृढीकरणमा पनि ध्यान दिन निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण भ्रमण तथा उक्त कार्यालय एवम् मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले उक्त कुरा बताउनुभएको हो

निर्देशनको क्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले समाजमा शान्ति सुरक्षा कायम गर्न एवम् अपराध अनुसन्धान तथा नियन्त्रणको लागि सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

प्रहरी कर्मचारीको काम कर्तव्य, जिम्मेवारी, अधिकार एवम् प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण तथा व्यवहारमा सुधार ल्याई संगठनको हित र विकासलाई सदैव प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले अनुचित लाभमा शून्य सहनशिलता नीतिलाई अबलम्बन गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

साथै उहाँले हिरासत व्यवस्थापनमा थप संवेदनशील भई कार्य गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहट तथा सो कार्यालय मातहत इकाईमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..