६० किलो सुन तस्करी प्रकरणमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पत्र पठाएसँगै इन्टरपोलले रोल्पाकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

अमला सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा लामाकी पत्नी हुन् । श्रीमान् पक्राउ परेपछि उनी फरार छिन् । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा उनको समेत संलग्नता खुलेको बताएको छ ।

रोकासहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ । अमला ठेमलस्थित भियना होटलकी सञ्चालकसमेत हुन् । उनीसहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

सीआईबीको पत्राचार अनुसार नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्युजन नजोटिसका लागि इन्टरपोलमा पत्राचार गरेको थियो । रोका माओवादी नेताहरुसँग निकट मानिन्छिन् । उनी माओवादी रोल्पा–काठमाडौं सम्पर्क मञ्जकी पूर्व उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..