ओलीको चेतावनी : राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ, यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार जबरजस्ती जोरजाम गरेर बनाइएको बताएका छन् । अध्यक्ष ओलीले देशको समृद्धि र स्थिरताका लागि यस्तो गठबन्धन संस्कृति अन्त्य गर्नुपर्ने बताए ।

नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले हिजो (शनिबार) टुँडिखेलमा आयोजना गरेको युवा महोत्सव–२०८० को उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन संस्कृति देशको विकास र समृद्धिका लागि घातक भएको बताए । उनले ०८४ को निर्वाचनबाट गठबन्धन संस्कृति अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् ।

राणा शासन, पञ्चायत तथा राजतन्त्र समेत फालेर आएका नेपाली जनतालाई गठबन्धन मिल्काउन पनि समय नलाग्ने उनले बताए । २०८४ को निर्वाचनबाट जनताले गठबन्धन मिल्काइदिने बताउँदै अध्यक्ष ओलीले भने–‘हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ भने यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..