सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद इच्छाराज तामाङको सजाय निर्धारण हुँदै

काठमाडौं । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङको सजाय निर्धारण हुँदै छ।

विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश टेकनारायण कुँवरसहित न्यायाधीशहरुतेजनारायाण सिंह र मुरारीबावु श्रेष्ठको संयुक्त इजलासले गत माघ ७ गते उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज पेशी तोकेका थियो । सिभिल सहकारीका अध्यक्षसमेत रहेका तामाङ संविधान सभाका सदस्य हुन् ।

तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुनः अर्को पेसी तोकेर सजाय निर्धारण गर्नुपर्ने मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार आजका लागि पेसी तोकिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो।

विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दावी गरिएको छ।

यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यविरुद्ध १ अर्ब ३ करोड रुपैयाँ, दुई छोरीविरुद्ध झण्डै नौ करोड, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोग दाबी छ। कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..