सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । छुट्टाछ्ट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङको खोलाखर्कमा भएको जीप दुर्घटना हुँदा दुई जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।

उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १६७९ नम्बरको जीप आज बिहान ७ बजेतिर दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–२ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका–८ निवासी जेमकला आचार्यको निधन भएको हो । दुर्घटनामा पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् ।

त्यस्तै, दाङको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ कमलरोड नजिक पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको निधन भएको छ । रोल्पादेखि घोराही जाँदै गरेको पिकअप भ्यान र पश्चिम देखि पूर्व जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएदा मोटरसाइकल चालक राप्ती गाउँपालिका–८ पिपरी निवासी २७ बर्षिय सुनिल चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गम्भिर घाइते चौधरीलाई उपचारको लागी लमही अस्पताल लगिएकोथियो । चिकित्सवकले मृत घोषणा गरेका थिए । दुर्घटनामा पिकअप भ्यानका चालक शुद्वोधन गाउँपालिका–२ बस्ने आस्वीन सुनार पनि घाइते भएका छन् । उनको भैरहवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..