लालकृष्ण आडवाणीलाई देशकै सर्वोच्च सम्मान दिने मोदीको घोषणा

काठमाडाैं । नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री मोदीले आफैं सोसल मिडिया एक्समार्फत यस्तो घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘लालकृष्ण आडवाणीजीलाई भारत रत्नबाट सम्मानित गरिने कुरा बताइरहँदा मलाई निकै खुसी लागेको छ । मैले पनि उहाँसित कुरा गरेँ र सम्मानित भएकोमा बधाई दिएँ ।’

१० दिनअघि २३ जनवरीमा बिहारका पूर्वमुख्यमन्त्री कर्पुरी ठाकुरलाई भारत रत्न दिने घोषणा गरिएको थियो । केन्द्र सरकारले एक वर्षमा बढीमा तीन जनालाई भारत रत्त सम्मान दिनसक्ने त्यहाँको प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..