अरुण चौधरी पक्राउ परेपछि बोले गृहमन्त्री श्रेष्ठ : कसैलाई पनि अपराध गर्ने छुट छैन्, कारबाही हुन्छ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैको पनि दबाब र प्रभावमा नरही निश्पक्ष कार्यसम्पादन गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले सरकारले अपराध गर्नेलाई छुट नदिने चेतावनी िदए । गृहमन्त्री श्रेष्ठले कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुने भन्दै कसैको पनि दबाबमा नपर्न प्रहरी अधिकृतलाई निर्देशन दिए ।

सिआईबीले विनोद चौधरीका भाइ अरुण चौधरीलाई सरकारी जग्गा हडपेको केसमा हिजोमात्रै पक्राउ गरेको छ । चौधरी पक्राउ परेलगत्तै सिआईएनले पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो । मन्त्री श्रेष्ठको आजको अभिव्यक्ति त्यसप्रति लक्षित रहेको छ ।

उनले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन नसकिेन भन्दै कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाब र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिएका हुन् । उनले भने,‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर, उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने बक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ । हामीले कर ति¥या’छौं, उद्योग व्यवसायीलाई त गर्न भएन नि भन्छन् ।’

चौधरी पक्राउ परेलगत्तै सत्ता गठबन्धनमा नै हलचल जानेगरि छुटाउन दबाब आएको समाचार आएका छन् । यस्तो बेलामा गृहमन्त्री श्रेष्ठले भने कसैको पनि दबाब नमान्न प्रहरी अधिकारीलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..