तेह्र लाख नगदसहित ११ जुवाडे समातिए

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाण्डौ र प्रहरी वृत लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौंको काठमाडौं महानगरपालिका–२६ ज्याठाबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

ज्याठास्थित अमला रोका मगरले संचालन गरेको होटल भियानाको कोठा नं. ६१२ मा लिला डागीले कोठा भाडामा लिई जुवा खेलाई रहेको भन्‍ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्ने क्रममा उनीहरुबाट १३ लाख ६२ हजार पाँच सय नगद र चार बुक तास पनि बरामद गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले जोरपाटीका अरुण घिमिरे, काभ्रेपालाञ्चोकका हरिबोल खनाल, किशोर अधिकारी चितवनका दिपक गुरुङ, नुवाकोटका कृष्ण बहादुर राई, शंकर शाही, राजु पन्त, रुपन्देहीका घनश्याम, रोल्पाका लिला डाँगी, बाँकेका मेघनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि प्रहरी बृत लैनचौरल थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..