तेह्र लाख नगदसहित ११ जुवाडे समातिए

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाण्डौ र प्रहरी वृत लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौंको काठमाडौं महानगरपालिका–२६ ज्याठाबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

ज्याठास्थित अमला रोका मगरले संचालन गरेको होटल भियानाको कोठा नं. ६१२ मा लिला डागीले कोठा भाडामा लिई जुवा खेलाई रहेको भन्‍ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्ने क्रममा उनीहरुबाट १३ लाख ६२ हजार पाँच सय नगद र चार बुक तास पनि बरामद गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले जोरपाटीका अरुण घिमिरे, काभ्रेपालाञ्चोकका हरिबोल खनाल, किशोर अधिकारी चितवनका दिपक गुरुङ, नुवाकोटका कृष्ण बहादुर राई, शंकर शाही, राजु पन्त, रुपन्देहीका घनश्याम, रोल्पाका लिला डाँगी, बाँकेका मेघनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि प्रहरी बृत लैनचौरल थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..