विनोद चौधरीका भाई अरुण पक्राउ परेलगत्तै शशांकले भने : प्रचण्ड असफल भए, माधव नेपाललाई प्रधानमन्त्री बनाऔं

काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका नेपालका एकमात्र अर्वपति विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेपछि कांग्रेसका पूर्व महामन्त्री तथा सांसद शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको अहिलेको सरकार असफल भएको र अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

गृहजिल्लामा रहेका कोइरालाले एक्कासी माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठाएका हुन् । अहिले कांग्रेससहितको गठबन्धनको सरकार छ । सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । कांग्रेसका अरु नेताहरुले आफ्नो दलको नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज उठाएको बेला शशांकले भने माधव नेपालको नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज उठाएका हुन् ।

उनको यो अभिव्यक्ति आफ्ना मित्र विनोद चौधरीको भाइ पक्राउ परेलगत्तै आएको हो । उनले सम्बोधनको क्रममा भनेका छन्–‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न, त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..