जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायीहरु धरौटीमा रिहा

जनकपुरधाम । जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायी धरौटीमा रिहा भएका छन् । राजश्व अनुसन्धान विभाग पथलैयाले बलराम ज्वेलर्सका सञ्चालक बलराम साहलाई ७ लाख ८० हजार ९७० र अरुण ज्वेलर्सका सञ्चालक अरुणकुमार ठाकुर ४ लाख २७ हजार ३२५ रूपैयाँ धरौटीमा रिहा गरेको हो ।

त्यस्तै सिरहा मिर्चैयाका कालिगढ सञ्जय साह सोनार ७ लाख ८० हजार ७०८ र अजय साह सोनार ४ लाख २७ हजार ३२५ हजार धरौटी राखेर रिहा गरेको छ ।

मंगलबार साँझ र बुधबार दिउँसो गरी चारजना सुनचाँदी व्यवसायी र कालिगढलाई धनुषा प्रहरीले पक्राउ गरेर विभाग पथलैयालाई बुझाएको थियो ।

बदनाम गर्ने नियतले धनुषा प्रहरीले पक्राउ गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । जकपुरका सुनचाँदी व्यवसायी बुधबार र बिहीबार प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..