अवैध क्रिप्टोकरेन्सीमार्फत अनलाइन गेम खेलाउने सिराहाका सात जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर सिराहा भई हाल काठमाडौँ बस्ने २४ वर्षीय मिथलेश कुमार मण्डल, २४ वर्षीय मुरारी शाह, २४ वर्षीय आर्यन शाह, २४ वर्षीय अनिष कुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २४ वर्षीय शिवम कुमार यादव र २४ वर्षीय हरि शङ्कर चौधरीलाई पक्राउ गरेको छ ।

उनीहरूलाई गोप्य सूचनाका आधारमा काठमाडौँको नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर जडीबुटी लगायतको क्षेत्रबाट नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले क्यास एप, क्रिप्टोकरेन्सी जस्ता कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..