प्रधानमन्त्री प्रचण्ड अहिले मन्त्रीहरु फेर्ने निचोडमा पुग्नभएन : कानूनमन्त्री गुरुङ

काठमाडौं । कानून, याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद पूनर्गठन नहुने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद हेरफेरको लागि छलफल गरेपनि अहिले त्यो सम्भावना नरहेको बताए ।

आज (बुधबार) प्रेस युनियनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने भनेर गठबन्धनभित्र छलफल गरेपनि अहिले मन्त्रीहरु नफेर्ने निश्कर्ष निकालेको स्पष्ट पारेका छन् ।

यस्तै, कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा माओवादी केन्द्रकी उम्मेद्वार पराजित भएको विषयले केन्द्रीय गठबन्धन पनि नभत्किने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..