ओलीलाई रवीन्द्र मिश्रको जवाफ : कुशको राजाले हल्लाएको गणतन्त्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा राजसंस्था फर्काउनुको विकल्प नभएको बताएका छन् ।

उनले एमाले अध्यक्ष ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजा भनेर गरेको टिप्पणीप्रति जवाफ फर्काएका छन् । मिश्रले कुशको राजाले अहिलेको गणतन्त्र हल्लाएको दाबीसमेत गरेका छन् ।

फेशबुकमा मिश्रले लेखेका छन्-

“कुशको राजा” ले हल्लाएको गणतन्त्र ‘दरबार हत्याकाण्ड’को हाँगो समाएर तैरिन खोज्दैछ! त्यो संभव छैन। बहूसंख्यक जनताले ‘मार्ग परिवर्तन’ गरिसके। अब नेताहरू मार्ग परिवर्तन गर्न वाध्य हुनेछन्। देशलाई ट्र्याकमा ल्याउने #नवीनसमझदारी बाहेक अर्को विकल्प छैन। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..