अस्वस्थ भएपछि राजेन्द्र पाण्डे अस्पताल भर्ना, माधव नेपाल पुगे भेट्न

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपनि उनी स्वयंभुको मनमोहन अस्पताल भर्ना भएका हुन् । पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएको एकीकृत समाजवादीले जनाएको छ । उनी केहि दिन अस्पतालमै रहने बताइएको छ ।

यसैबीच पार्टीका उपाध्यक्ष, पूर्व मुख्यमन्त्री तथा संसदीय दलका उपनेता पाण्डेलाई भेट्न पार्टी अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपवाल अस्पताल पुगेका छन । उनले अस्पताल पुगेर पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..