सातै प्रदेशका कानूनमन्त्रीहरु सिंहदरबारमा, गृहमन्त्रीसँग छलफल जारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्न सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु सिंहदरबार पुगेका छन् ।

सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु र मन्त्रालयका सह सचिवहरुबीच अहिले छलफल जारी रहेको छ ।

प्रहरी समायोजन ऐनका विषयमा उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । नेपाल प्रहरी ९प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय० ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि बढ्न सकेको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ दिनभित्रमा प्रदेश प्रहरी समायोजन ऐन ल्याउन निर्देशन दिएका छन् । तर, काम अघिबढ्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..