पुष्पलाललाई गद्दार भन्ने मोहनविक्रम सिंहले कांग्रेसको दलाली गरिरहेको शंकर पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह परिवारवादमा फसेको आरोप लगाएका छन् ।

नेकपा एमाले बागलुङले बागलुङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एकतन्त्रीय शासनका बिरुद्धमा लड्न कांग्रेससँग मिलौं भन्दा पुष्पलाललाई गद्दार भन्ने मोहनविक्रम सिंह अहिले कांग्रेसको दलाली गरिरहेका आरोप लगाएका हुन् । उनले एमालेविरुद्ध पटक पटक कडा शव्दमा टिप्पणी गर्न मोहनविक्रम सिंहले अहिले श्रीमतीलाई राष्ट्रिय सभामा पुर्याउन आफ्नै नैतिकता र स्वाभिमानलाई भुलेको दाबी गरेका छन्

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यमा राष्ट्रिय जनमोर्चाले दाबी गरिरहेको छ । जनमोर्चाले केहि दिनअघि एक अपील जारी गर्दै पार्टीकी उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेललाई मनोनीत गर्न आग्रह गरेको थियो । गत वर्ष सम्पन्न आम निर्वाचनमा प्युठानबाट एमाले नेता सूर्य थापासँग भारी मतान्तरले चुनाव हारेकी उपाध्यक्ष दुर्गा पौडेल जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती हुन् ।

फरक प्रसंगमा महासचिव पोखरेलले जनताका बीचमा पहिलो पार्टी एमालेले बलियो जनमत ल्याउने गरी अभियान सञ्चालन भैरहेको बताएकाछन् ।

विगतमा पार्टीभित्रै देखिएका समस्या समाधान गरेर पार्टी जोगाउने अभियानमा एमाले सफल भएको भन्दै उनले अब राष्ट्र र राष्ट्रियता जोगाउने अभियान सुरु भएको बताएका छन् महासचिव पोखरेलले भने– ‘वर्तमानमा देखिएका बेथितिबिरुद्ध एमालेले सङ्घर्ष गर्नुपर्ने छ, पार्टीले सङ्घर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्छ, तपाईंहरू तयार रहनुहोला । अहिलेको सरकारका कारकारवाही चित्तबुझ्दो भएनन्, भ्रष्टाचार र बेथिति मौलाएको छ, चुप लागेर बस्ने अवस्था रहेन्’ ।

उनले देशमा सामाजिक सुरक्षाको प्रत्याभूति र सुशासनका लागि एमाले नै सरकारमा रहनुपर्ने धारणा राखे। महासचिव पोखरेलले भने ‘एमाले सरकारमा हुँदा बुढाबुढीले भत्ता, शिक्षक, कर्मचारी र राष्ट्रसेवकले तलब बढ्ने आशा गर्छन्, अहिले राजश्वले कर्मचारीको तलबभत्ता पुर्याउन कठिन छ’ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..