प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपमन्त्री हैयानबीच भेटवार्ता, द्विपक्षीय हित र चासोका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानबीच बालुवाटरमा शिष्टाचार भेटवर्ता भएको छ। आज विहान भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिनिधि मण्डलले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालसँग समेत छुट्टाछुट्टै भेटवार्ता गर्दैछ । उक्त प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सोमबार भेट गर्ने तालिका छ।

प्रतिनिधि मण्डलले नेपालमा लगानी गरेका चिनियाँ व्यवसायीसँग पनि छलफल गर्ने छ । त्यसअघि भोलि होटेल सोल्टीमा माओवादीका दोस्रो तहका नेताहरुसँग छलफल गर्ने कार्यक्रम कार्यक्रम बनाएको छ ।

प्रतिनिधि मण्डलमा चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क प्रमुख जेङ योयालगायत सहभागी छन् । माओवादीको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल आएको प्रतिनिधि मण्डल मंगलबार स्वदेश फर्किने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..