नाडाकाे टाेलीले भेट्याे प्रधानमन्त्रीलाई, हायर पर्चेज कर्जामा जोखिम भार घटाइदिन अनुराेध

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । भेटवार्तामा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने उनको माग थियो । यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानबारे विस्तृत विवरण प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

छलफलमा प्रधानमन्त्रीले विद्युतीय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइलसम्बन्धी उद्योगहरूको सम्भावनाका सम्बन्धमा विशेष चासो राखेका थिए । साथै उनले समस्याको समाधानका लागि आवश्यक पहल थाल्ने आश्वासन दिएका नाडाले जनाएको छ ।

छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पङ्कज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..