भासिएको कमला पुलको पुनर्निर्माण कार्य जारी

सिरहा । धनुषा–सिरहा जोड्ने कमला नदीमा भासिएको पुलको पुनर्निर्माण कार्य सुरु भएको छ । माघ २ गतेदेखि नै पुनर्निर्माणको काम सुरु गरिए पनि निर्माण कम्पनीले शुक्रबारदेखि कामलाई तदारुकताका साथ अघि बढाएको हो ।

असार अघि नै पुल सञ्चालनमा ल्याउने गरी पुनर्निर्माणको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी लुम्बिनी बिल्डर्स बीच असार अघि नै पुल सञ्चालनमा ल्याउने सम्झौता भएको थियो । सम्झौता अनुसार भासिएको कमला पुलको पुनर्निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । पुल पुनर्निर्माणको काम कार्ययोजना अनुसार तोकिएकै समयमा निर्माण सम्पन्न हुने उनले दावी गरे ।

कमला पुल निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले वर्षा सुरु भएसँगै रोकिएको पुल पुनर्निर्माणको काम गत मंसिरबाट सुरु भए पनि आर्थिक संकटका कारण सुस्त रहेको थियो । उनले भने– ‘भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङको काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक संकट हुन गएकाले निर्माणकार्य ढिलो भयो ।’ उनले अघि थप्दैँ भने– ‘ अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।’ २०६८ मा तीन वर्षभित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनसंग सम्झौता गरेको थियो ।

विभिन्न पटक म्याद थप गरेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको थियो । सो पुलको उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कार्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम नै अन्योलमा परेको थियो । पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई हटाएर लुम्बिनी बिल्डर्सलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो ।

यसै बीचमा २०७९ चैत १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बेला अहिलेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्दै एक सातामा पुलको पुनर्निर्माण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । मधेश प्रदेशको राजधानी जनकपुरधामसंग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना रहेको छ । लोकमार्ग अन्तर्गत कमला पुल समयमा नबन्दा वर्षाैदेखि यस क्षेत्रका स्थानीय सास्ती भोग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..