बागलुङको इमेज बचत सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया लक्ष्मी सेन सुनार रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जनाएको छ ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेर उनीसहितका सहकारीका सञ्चालक फरार छन् । तर सीआईबीको टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३,धोबिघाटबाट बिहीबार पक्राउ गरेको जनाएको हो ।

रकम हिनामिना गरेको आरोप लागेर फरार रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको छ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका अध्यक्ष समेत रहेका नेपाली इन्टरपोलले रेड नोटिस जारी गरे पनि यही माघ ११ गते (बुधबार) भएको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नसमेत आएनन् । तर, उनी सम्पर्कमा आएको भए पक्राउ पर्ने थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..