छुट जग्गा दर्ताका लागि निवेदन आह्वान

काठमाडौं । सरकारले नापजाँच भएको तर विभिन्न कारणले दर्ता छुट भएको जग्गाको दर्ता खुला गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै छुट जग्गाको दर्ता खुला गरिएको जनाकारी गराएको हो ।

जग्गा दर्ताको लागि निवेदन दिन मन्त्रालयले दुई वर्षको समय दिएको छ । ‘नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४ क. को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने र सो सम्बन्धमा यसअघि नै निवेदन परी फछ्र्यौट हुन बाँकी रहेका पुराना निवेदन फछ्र्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष तोकेकोले यो सूचना प्रकाशन गरिएको छ,’– सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..