सभापति लामिछाने भन्छन्: ‘केही हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्र देश बन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘व्यवस्थाका केही हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि’ मात्र देश बन्ने बताएका छन्।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ। चुनाव कहिले ? ८४ मा।’

सभापति लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पनि देश बन्ने बताएका हुन। ‘नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो’, उनले भनेको छन्।

सभापति लामिछानेले राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने “सर्वदलीय सहमति“ गरेको दिनदेखि देश बन्ने पनि बताएका छन्।

‘संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसद्ले सर्वदलीय प्रतिवद्द्ता गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ। त्यसपछि मिडिया र सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौँ, तलबी सेना अफ बिटमा ननचाऔँ। फेस गरौँ, फेस नलुकाऔँ’, उनी लेख्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..