बालेनपछि हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार

काठमाडौं । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । राष्ट्रियसभा निर्वाचनअन्तरगत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान भइरहेको छ ।

यसअघि काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन शाह नजाने उनको सचिवालयले जानकारी दिएको छ ।

बालेनले पनि कार्यव्यस्तताको कारण देखाउँदै मतदान बहिस्कार गरेका हुन् । बालेन नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा व्यस्त छन् । तर, उपमेयर सुनिता डंगोल भने भोट हाल्न हेटौंडा पुगिसकेकी छिन् ।

राष्ट्रिय सभाको १९ सिटका लागि अहिले मतदान जारी रहेको छ । सातै प्रदेशमा जारी मतदानमा ५१ जना उम्मेदवार मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..