ललितको रेकर्ड तोड्दै प्रधानमन्त्री कपमा सूर्य तामाङको कीर्तिमान

काठमाडौं । बागमती प्रदेशका तीव्र गतिका बलर सूर्य तामाङले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले मंगलबार प्रधानमन्त्री कपको एउटै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड कायम गरेका हुन् । सूर्यको यो जारी प्रतियोगिता २१ औं विकेट हो । उनले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले २०१९ मा एकै संस्करणमा लिएको २० विकेटको कीर्तिमान तोडेका हुन् ।

सूर्यले आज गण्डकी प्रदेशविरुद्धको खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा क्याच गराउँदै एकै प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् ।

सूर्य तामाङले जारी प्रतियोगिताका सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग ३–३ विकेट लिएका थिए भने मुलपानीमा मधेशसँग ह्याट्रिकसहित ६ र आर्मीसँग ५ विकेट लिएका थिए । त्यसपछि टियुमा कोशीसँग २ र मुलपानीमा कर्णालीसँग १ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..