सर्वसाधारणका लागि पहिलो पटक खोलियो राम मन्दिरको द्वार

एजेन्सी । अयोध्याको राम मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ। सोमवार भव्यताका साथ मन्दिरको मूर्तिमा प्राण प्रतिष्ठा गरिएपछि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

बिहान ३ बजेदेखि नै भगवान रामको दर्शनका लागि भक्तजनको भिड लागेको बीबीसीले जनाएको छ। मन्दिरको मुख्यद्वार खुल्नासाथ भक्तजनको भिडले मन्दिरको व्यवस्थापनमा समस्या देखिएको थियो। सुरक्षाका दृष्टिकोणले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ।

प्राण प्रतिष्ठा पछि आज बिहान पहिलो पटक मन्दिरमा आरती पनि गरिएको छ। भगवानको दर्शनका लागि भक्तजनहरूले जाडोको वास्ता नगर्दै सरयू नदीमा स्नान गरेर मन्दिर पुगेका थिए।

सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए। प्राण प्रतिष्ठामा भारतका विभिन्न राजनीतिक दलका व्यक्तित्त्व, बलिवुड कलाकार, खेलाडी, गायक/गायिका, व्यावसायीलगायतका सहभागी भएका थिए।

राम मन्दिरको उद्घाटन समारोहमा नेपालको जनकपुरसहित अन्य क्षेत्रबाट पनि भक्तजन र साधुसन्त अयोध्या पुगेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..