संघीय संसद्को महासचिवको नियुक्ति छिट्टै टुंगिनेमा सभामुख घिमिरे आशावादी

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्को नयाँ महासचिवमा नाम सिफारिस भएका डा.पद्यप्रसाद पाण्डेको नियुक्ति छिट्टै टुंगिनेमा आशावादी रहेको बताएका छन् ।

आइतबार संसद्को विषयगत समितिका सभापतिहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफूहरुले गरेको नियुक्तिको प्रक्रिया छिट्टै टुंगिने आशा व्यक्त गरेका हुन् ।

‘हामीले संघीय संसद्को महासचिवका लागि नाम सिफारिस गरेका छौँ। हाम्रो सिफारिसलाई टुंग्याउने ठाउँबाट टुंग्याउला। छिट्टै टुंगिने कुरामा म विभिन्न कोणबाट आशावादी छु। यसमा अन्य कुरा केही छैन’, घिमिरेले भने।

मंसिर २५ गते तत्कालीन महासचिव डा। भरतराज गौतमले राजीनामा दिएपछि २७ मा पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव बनाइएको थियो।

मंसिर २५ मै महासचिवमा नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई अड्काइदिएका छन्। महासचिवमा पाण्डेको नियुक्तिबारे संसद् र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..