पहिचानवादीसँग वार्ता गर्न मन्त्री जवेगूको नेतृत्वमा कोशी सरकारले बनायो समिति

काठमाडौं । कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचानवादीसँग वार्ता गर्न समिति बनाएको छ । शनिवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कमलप्रसाद जवेगूको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्यसचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । पहिचान पक्षधरको मागबारे औपचारिक छलफल गर्न समिति गठन भएको हो ।

प्रदेशसभा बैठकले गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले पुनः नामकरणको माग गर्दै आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो ।

पहिचानवादीहरुले प्रदेशको नाम कोशी राख्न भूमिका खेल्ने नेता भनेर नेकपा एमालेका नेताहरुलाई लक्षित गरेर पूर्वी क्षेत्र प्रवेशमा अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..