रोहित र आशिफको अर्धशतकमा एपीएफले दियो मधेशलाई २४७ रनको विशाल लक्ष्य

काठमाडौं । ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित विभागीय टिम नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई २४७ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन जोड्यो । एपीएफका लागि ओपनर आशिफ शेखले ५९ रनको अर्धशतकीय पारी खेले । ६९ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै कप्तान रोहितकुमार पौडेलले ७४ बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा ५८ रन थप्दा अमर रौटेदा ४९रनमा नटआउट रहे । सन्दीप जोराले २० रन थप्दा सुमित महर्जनले ९ तथा भुवन कार्की र अभिनाश बोहराले समान ८ रन थपे ।

बलिङतर्फ मधेशका रुपेश सिंह र प्रदिप पासवानले समान ३ तथा रञ्जित कुमारले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..