एक्सनमा डीआईजी यज्ञ बिनोद पोखरेल : ठुलो मात्रामा लागुऔषध बरामद

जनकपुर । मधेस प्रदेशको प्रहरी प्रमुख डीआईजी यज्ञ बिनोद पोखरेलले मधेस प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हाल्ने बितिकै ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान पहिलो प्राथमिकतामा राखेको छ ।

लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलले सुरक्षा खबर सँग कुरा गर्दै भने, ‘देशको सात वटै प्रदेश मध्य मधेस प्रदेश लागुऔषधको कारोबार हुने प्रदेश मध्ये एक हो । यो बिरुद्ध मधेस प्रदेशमा प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’

स्वीप अप्रेसनकै क्रममा ; लागुऔषधसहित एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित वीरगञ्ज महानगरपालिका– ८ पानीट्यांकी सडकखण्डमा विशेष सूचनाको अधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सन्युक्त प्रहरी टोलीले बब्लुलाल कर्णलाई पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा रिक्सामा पहेँलो रङको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागुऔषध नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका रिक्सा चालक र १५०० एम्पुल पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका– १ छप्कैया बस्ने वर्ष ५० का बब्लुलाल कर्णलाई लागुऔषविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..