खेलकुदको विकासका लागि तीनै तहको प्रतिबद्धता हुनुपर्छ : उपप्रधानमन्त्री खड्का

ललितपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेलमैदान लगनखेलमा आयोजित १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका अवसरमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि सरकारले सक्दो सहयोग गर्नेमा प्रतिबद्धता जनाए ।

उपप्रधानमन्त्री खड्काले खेलकुद क्षेत्रको समग्र विकास गर्न तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले पर्याप्त बजेट नहुँदा खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन, त्यसैका कारण खेलाडीले पनि क्षमता अनुसारको प्रभाव गर्न सक्नुभएको छैन तर अब तीन वटै तहका सरकार एक भएर काम गरे खेल क्षेत्रको विकास हुन्छ ।’

खेल क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको भन्दै उनले आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसका लागि तीनै तहको सरकार एकताबद्ध भएर लाग्नेमा उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले यस प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत् प्रतिस्पर्धामा लाग्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..