न्यायाधीश गिरीविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । आज (बुधबार) सुनुवाइका लागि न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।

न्यायाधीश गिरीले सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन रहेको अवस्थामा आफूलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै उनी श्रीमती आरती रावल गिरीले उजुरी मुद्दा दायर गरेकी थिईन् ।

आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालत दुवैमा आफूमाथि भुवन गिरीले बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिईन् । निलम्बित जिल्ला न्यायाधीश गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरिनुपर्ने पीडित आरतीको माग छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..