यसरी खोजियो त्रिशुलीमा खसेको सवारी

काठमाडौं । त्रिशुली नदीमा खसेको बोलेरो जिप फेला परेको छ। आज बिहान ४ः४० बजे चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलभन्दा करिब १०० मिटर तल त्रिशुली नदीमा जिप खसेको थियो।

पानी भित्र बत्ति बलेको जस्तो देखिएको सूचना प्रहरीलाई दिएपछि गोताखोरको टोली खोजी कार्यमा जुटेको चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार गाडी खसेको आशंकामा सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोरसहित १० जना र नं. १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौजले बिहान ७ बजेबाट खोजी कार्य सुरु गरेको थियो। गोताखोरले नदीमा खसेको सवारीसाधन बोलेरो जिप रहेको फेला पारेका हुन्। गाडीमा कोही पनि नरहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..