घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको छ । सोमबार १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..