घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको छ । सोमबार १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..