सुजनको शानदार शतकमा कोशीले दियो पुलिसलाई १६७ रनको विजयी लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत विभागीय टिम नेपाल पुलिसलाई कोशी प्रदेशले १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको कोशीले ४८।२ ओभरमा १६६ रन बनाउँदै अलआउट भयो । कोशीका लागि सुजन थपलियाले शानदार शतकीय पारी खेले । टिमका लागि वान म्यान आर्मीको भूमिकामा रहँदै सुजनले शतक प्रहार गरेका हुन् ।

उनले १२६ बलको सामना गर्दै ८ छक्का र ६ चौका हिर्काउँदै १०५ रनकबो शानदार पारी खेले । ६४ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा मैदान छिरेका सुजनले अभ्यास तिमिल्सिनासँग मिलेर शानदार प्रदर्शन गरेका हुन् । अभ्यास २३ रन बनाएर आउट भए ।

सुजनको शतक यस संस्करणको पीएम कपको चौथो शतक हो । यसअघि रसिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए । बलिङतर्फ पुलिसका करण केसीले तीन तथा सुनिल धमला र ललित राजवंशीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..