भूगोल पार्कमा काठमाडौं महानगरद्वारा आयोजित भूकम्प स्मृति सभा सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजित २६औं भूकम्प स्मृति सभा सम्पन्न भएको छ । महानगरपालिकाले नयाँ सडकस्थित भूगोल पार्कमा आयोजना गरेको सभामा भूकम्पीय कम्पनका कारण भौतिक संरचना भत्किएर ज्यान गुमाएका व्यक्तिहरुको स्मृति गरिएको थियो ।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पुर्‍याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।

यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जोडिएको छ । विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले, स्वयमसेवालाई राष्ट्रिय प्रणालीमा आवद्ध गरेर विपदजन्य जोखिम व्यवस्थापन गर्ने योजना गरिएको बताए ।

‘काठमाडौँ महानगरपालिकाले विपद् पूर्वतयारी, विपदका समयमा गरिने खोज तथा उद्धार, विपदपछिको पुननिर्माणमा गरेको काम अन्य पालिकाहरुका लागि पनि सिकाइ रहेको छ । जाजरकोट भूकम्पमा काठमाडौँ महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ,’– उपप्रधानमन्त्री श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..